Friday, October 8, 2010

सर्वोदयको आह्वान





गण्डकी अञ्चल लम्जुङ जिल्ला दुराडाडामा दुई हजार नौ सालमा स्थापित श्री सर्वोदय उच्च मा बि स्थापनाकाल देखी हालसम्म  आइपुग्दा सम्म बिभिन्न अप्ठेरा साँघुरा घुम्तीहरु पार गर्दै यो विन्दु सम्मा आइपुग्नुमा हाम्रा कर्मशिल शिक्षा प्रेमी आदरणिय अभिभाबक, अग्रज, उपज एवम शुभचिन्तकहरुको अथक् प्रयास र सहयोगको परिणाम हो । विद्यालय स्थापना कालमा पवित्र आत्माहरुको दृष्‍टिमा जे थियो यस मन्दिरले त्यही दिएको छ। आज सर्वोदयका उपज एबम शुभचिन्तकहरु राष्ट्रिय एबम अन्तरराष्ट्रिय विभिन्न निकायहरुमा पुगी आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन । यो विद्यलयक लागि गौरव्को बिषय भएको छ । 
समय गतिशिल  छ । समयको सदुपयोग गर्नु हाम्रो कर्तब्य हुन आउंछ । हाम्रा आदरणिय पुज्यनिय अग्रज हरुले निर्माण गरेको भवन भई भात्किने अवस्थामा पुगेकोले उक्त भवन आकास्मिक रुपमा भत्किन जादा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त भवनलाई भत्काइ सोही ठाउमा नयाँ भवनको निर्माण कार्य शुरु गरिएको छ । आफ्ना संततिको माया कुन आमालाई हुँदैन र ? जन्म दिने आमा र शिक्षा दिने आमाको मुहार हसिलो बनाउनु, च्यातिएको चोली फेरिदिनु हामी सवैको कर्तव्य हुन आएको छ । अग्रजहरुले देखएको सहि बाटो अवलम्बन गरी पुरानो पुस्ताको  काम र ईतिहासको सम्मान  र सम्रक्षण गर्दै नयाँ पुस्ताको  पनि ईतिहास कायम गरी पछीका संततिलाई मार्ग निर्देसन गर्नु जरुरी भएको छ । "जननी जन्मभुमी श्च स्वार्गदपी गरियसी" भन्ने श्लोकलाई हृदयङम गरी हाम्रा उपज एवम शुभचिन्तकहरुको सकृयातामा भवन पुन निर्माणको   कार्य थालनी भई रहेको छ । यस शुभ कार्यलाई सम्पन्न गर्न आ- आफ्नो क्षेत्रबाट आ- आफ्नो इच्छा शक्तिलाई बढाई जुन सकृया सहयोगको शुरुवात राष्ट्रको विबिन्न क्षेत्रबाट तथा अन्तरराष्ट्रिय क्षेत्रमा रहनु भएका उपज एवम शुभचिन्तकहरुबाट भएको छ , यस्ले विद्यालय मा अध्ययन गर्ने छात्र छात्रा शिक्षक स्थानिय अभिभावक, जनतहरुमा नयाँ रक्त संचार गरेको छ भने भवन निर्माण कार्यमा स्थानीय  श्रमजीविको सीपको बिकास भै रोजगार पाएकोमा थप  उत्साह थप्न यो कार्यक्रम उपयुक्त भएको छ । यस् पवित्र कार्यलाई सफल पारीदिन सहयोगका लागि विद्यालय हार्दिक आव्हान गर्दछ । 
ॠषि राम खनिया 
प्रधानाध्यापक 
सर्वोदय उच्च मा वि लम्जुङ 

No comments:

Post a Comment